समाचार

मोरङमा जीप दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते



मोरङ, २२ माघ । मोरङको बेलबारी नगरपालिका–२, खड्का पेट्रोल पम्पअगाडि भारतीय नम्बरप्लेटको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

नेपालमा रहेका आफन्त भेट्न आएका व्यक्तिहरू सवार जीप आज बिहान करिब साढे ३ बजे पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा जीपमा सवार भारतीय नागरिक ६३ वर्षीय प्रतापसिंह तामाङको मृत्यु भएको हो । विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा बिहान सवा ६ बजे उनको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालकसहित तीनजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।