मकवानपुर, २३ माघ । जिल्लाको हेटौडा उपमहानगरपालिका–१०, बसपार्कबाट अवैध लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बस्ने ५५ वर्षीय पर्देसी माझी थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट पाँच किलो पाँच सय ग्राम गाँजासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्