समाचार

किशोरी बलात्कार आरोपमा युवक पक्राउ



काठमाडौँ, २३ माघ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा भोजपुरको हतुवागढी- १ निवासी २६ वर्षीय यदुराज बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेतले शुक्रबार राति च्यानडाँडा भन्ने स्थानमा ना.५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।