समाचार

काठमाडौँ उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो



काठमाडौँ, २३ माघ । काठमाडौँ उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ ।

पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको रामकोट र तारकेश्वरका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको विभागले जनाएको छ ।