राजनीति

देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता



काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

यसअघिको दरपिठको आदेश बदर गरी सर्वोच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपिठको आदेश बदर गरी उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । सो आदेशसँग रिट दर्ता भएको छ । उक्त रिटमा पेसी बुधबारका लागि तोकिएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद् सचिवालयविरुद्ध रिट दर्ता गरेका हुन् । सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकिरसहित अधिवक्ता पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका हुन् ।