काठमाडौँ, २५ माघ । स्लोभाकिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्दामा मंगलबार लमजुङ घर भई काठमाडौँ महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधुमाया थापालाई पक्राउ गरेको हो ।
उनले स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फुड प्याकेजिङको काम लगाइदिन्छु भनेकी थिइन् । साढे एक लाख मासिक तलब हुने आश्वासन समेत दिएको एसपी राठौरले बताए । त्यहाँ जान ९ लाख भए पुग्ने भन्दै विश्वासमा लिएर पीडितबाट पटकपटक गरी साढे ८ लाख लिएपछि सम्पर्कविहीन भएको आरोप छ ।
यसरी ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो । पत्राचार गरेसँगै प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्