काठमाडौँ, २६ माघ । जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेल रहेका छन् । उनलाई तीन महिना कैद र तीन हजार जरिवाना तोकिएको छ ।
झापा जिल्ला अदालतको २०७७ माघ २७ गते भएको फैसला विरुद्ध पुनरावेदन परी सम्मानित उच्च अदालत बिराटनगर इलाम इजलासबाट मिति २०७९ बैशाख २१ गते सुरु फैसला उल्टी भई भएको फैसलाअनुसार जबरजस्ती करणी उद्योग मुद्दामा फरार उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्