Banner News

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिहदरवारमा भेटवार्ता



काठमाडौँ २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

पार्टी कार्यालयमा सचिवालय बैठककैबीच ओली सिधै प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका हुन् । संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् ।

तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ । राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थिति, सुदुरपश्चिम प्रदेश सरकारलगायतको विषयमा छलफल गर्न ओली प्रधानमन्त्रीकहाँ पुगेको बुझिएको छ।