भक्तपुर, २९ माघ । ब्लड डोनर्स एशोसियशन नेपाल भक्तपुर शाखाको ११ बार्षिक साधारणसभा तथा ५ औं अधिवेशन संस्थाका अध्यक्ष शिवकुमार त्वायनाको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रम ब्लड डोनर्स एशोसियसनका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सानुबाबु प्रजापतिले २०२३ सालमा स्थापित रेडक्रमको अभिन्न अंगको रुपमा २०४६ सालमा स्थापना भएको ब्लड डोनर्स एशोसियशनले काम गरेको उल्लेख गर्नु हुँदै विरामीको लागि रगत आवश्यक परेमा मानिसको रगतको विकल्प नभएकोले स्वस्थ रगतको लागि स्वस्थ युवाले रक्तदान गर्नु पर्ने बताउनुभयो ।
रगत आवश्यक पर्ने विरामीलाई रगत विना सोधभर्ना र निशुल्क रगत उपलब्ध गर्न विभिन्न निकायसंग छलफल गरिरहेको र भक्तपुर जिल्लाका चार वटै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्दारा संचालित ब्लड बैकसंग निशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको अत्यन्तै सह्रनिय कार्य भएको बताउनु भयो । ब्लोदानले रगतको क्षेत्रमा विभिन्न संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न उत्प्रेरणा गरि रक्त संकलनमा योगदान पुर्याइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका पूर्वसभापति कृष्णप्रसाद अवाल नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कृष्णश्वरी हाडा ब्लोदान भक्तपुरका उपाध्यक्ष निर्मला सुवाल लगाएतले रक्तदान गर्न युवाहरुलाई उत्प्रेरित गर्नु पर्नेमा जोड दिनुभयो । सचिव रुकेश रंजित कोषाध्यक्ष सृजना कोजुले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गर्नुभयो ।
अधिवेशनले रुकेश रंजितको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्ष निर्मला सुवाल सचिव सोहन रंजित,सह-सचिव सोम प्रधान कोषाध्यक्ष सृजना कोजु, सदस्यहरुमा पशुपतिमान थकु, कृष्ण सुन्दर दुवाल, नरेश बासुकला, तुल्सिनारायण डण्डेख्या, मिलन कार्की, अनिल कुमार न्यौपाने, संजिव प्रजापति, राजेश्वरी शिल्पकार, उत्तम श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्