समाचार

आज विश्व रेडियो दिवस मनाइँदै



काठमाडौँ, १ फागुन । आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो ।

रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।