धादिङ, २ फागुन । जिल्ल्लाको खनियाबास गाउँपालिका–३ मा सोमबार ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा सोही ठाउँका १० वर्षीय रोहित तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।
अक्थलीबाट नुवाकोटको त्रिशुलीतर्फ जाँदै गरेको बा ३ ख ३३६० नम्बरको आइचर ट्रकले ठक्कर दिएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्