राजनीति

रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष



काठमाडौँ, ३ फागुन । रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज असफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्ष काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले निकालेको छ।

प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो । यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता गर्न नमानेपछि उहाँ सरकारी वकिलकहाँ पुग्नुभएको थियो ।