काठमाडौँ, ३ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक छेउछाउमा राखिएका मदिराजन्य वस्तुको विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ ।
मन्त्रालयले आज सडक विभागलाई सडक आसपा राखिएका मदिराको होडिङबोर्ड हटाउन निर्देशन दिएको हो ।
‘छेउमा राखिएका मदिराजन्य विज्ञानपनका कारणले चालकलाई डिस्ट्र्याक्सन गर्ने र दुर्घटना बढ्ने हुन सक्छ,’ निर्देशनमा भनिएको छ, ‘नेपाल जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामाग्री प्रसारण गर्न पाइने छैन लेखिएको छ ।’










प्रतिक्रिया दिनुहोस्