महोत्तरी, ७ फागुन । महोत्तरीमा हात्तीपाइलेको प्रकोप बढ्दै गएपछि घर-घरमा नै प्रतिरोधात्मक औषधी खुवाइने व्यवस्था गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार ११ फाल्गुन देखि २४ फाल्गुनसम्म स्वास्थ्यकर्मीहरू घर-घरमा नै पुगेर ३ वर्ष देखी माथिका सवैजनालाई उचाइ, वजन अनुसार औषधि खुवाइने भएको छ ।
उचेरिया ब्याङक्रफ्टी नामक परजीवी र क्युलेक्स जातको लामखुट्टेको टोकाइले सङ्क्रमण हुने यो रोगको कारण महोत्तरी उच्च जोखिममा छ । गत वर्षको एक तथ्याङ्क अनुसार १ हजार ५ सय जनामा सङ्क्रमण देखा परेको थियो ।










प्रतिक्रिया दिनुहोस्