विश्व

टर्की भुकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार



एजेन्सी, ७ फागुन । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ ।

टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् । तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तर, उनीहरुको नाम भने खुलेको छैन ।