काठमाडौँ, ८ फागुन । कोभिड १९ विरुद्धको तीन लाख ४५ हजार ६०० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो ।
यसअघि फागुन १ र ४ गते गरी सात लाख डोज फाइजर खोप नेपाल ल्याइएको थियो । कोभ्याक्सले दिने १५ लाख डोजमध्ये बाँकी ११ र १५ गते आइपुग्ने स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए ।
थप १५ लाख डोज भने मार्चमा पठाउने छ । यसअघि ल्याइएको खोपमध्ये एक लाख डोज गण्डकी प्रदेशमा पठाइसकिएको छ भने अब लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा केही दिनभित्रै पठाउने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्