अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ९ फागुन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।