काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भइरहेको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह उनीहरु छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन् । राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको बुझिएको छ ।










प्रतिक्रिया दिनुहोस्