काठमाडौँ, १२ फागुन । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ ।
आज ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् ।
यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन् ।
बैठक राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेसबाहेक अन्य दलले पनि सहमतिको राष्ट्रपति उम्मेदवारबारे कुराकानी राखेका थिए।
बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनबारे बैठकमा छलफल भएको बताए । उनकाअनुसार आन्तरिक छलफल गरेर दलहरू पुन: आज साँझ ५ बजे बैठक बस्ने तयारी छ ।










प्रतिक्रिया दिनुहोस्