काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ । आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ । पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको नेताहरूले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्