हेटौँडा, १३ फागुन । मकवानपुरबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार राती कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।
जितबहादुरको घर र गोठ खनतलासी गर्दा हातहतियार र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना र बरामद लागुऔषधका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्