Banner News

एमालेले गर्‍यो कांग्रेस बाहेक सबै दलहरुलाई पत्राचार



काठमाडौँ, १४ फागुन । राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कांग्रेस बाहेक संसदमा रहेका सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पत्र पठाइएको हो । राजनीतिक दलहरु र स्वतन्त्र सांसद गरी १७ वटा पत्र पठाएको अधिकारीले जानकारी दिनुभएको छ ।

एमालेको पत्रको सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) ले भने संवादको ढोका खुलेको जनाएको छ ।