मकवानपुर, १५ फागुन । ३४५ किलो ४०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका–८ गोठडाँडाबाट आइतबार दिउँसो ३४५ किलो ४०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रेम घलान र ४८ वर्षीय ठाकुराम मोक्तान रहेका छन् । घलानको घरबाट १६३ किलो र मोक्तानको घरबाट १८२ किलो ४०० ग्राम गरी ३४५ किलो ४०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्