काठमाडौँ, १५ फागुन । राष्ट्रपति चुनावलाई लक्षित गर्दै ८ दलले कार्यदल बनाएका छन् ।
कार्यदल संयोजकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का छन् । आइतबार बालुवाटारमा बसेको बैठकले राष्ट्रपति निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेको हो । ८ दलबाट एक-एक जना रहने गरी कार्यदल बनाइएको हो । कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्ने भनिएको छ ।
नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरूङ, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीबाट नेता अब्दुल खाँ, लोसपाबाट नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी कार्यदल सदस्य रहेका छन् ।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । ८ दलले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्