Banner News

एमाले सरकारबाट वाहिरिदै



काठमाडौ १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
उपाध्यक्ष विष्णु पौडेलले बैठकको निर्णय जानकारी गराउँदै समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए ।
उन भने आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर, पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि
देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौ।