काठमाडौँ, १५ फागुन । नेकपा (एमाले)ले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
गएको पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो ।










प्रतिक्रिया दिनुहोस्