राजनीति

सम्पत्ति विवरण नबुझाउने ११ सांसदहरु (सूचीसहित)



काठमाडौँ, १६ फागुन । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।

सम्पत्ति विवरण नबुझाउने सांसदहरू:

कांग्रेसका सांसदहरू:

१. उदय शमशेर जबरा

२. अजयकुमार चौरसिया

३. मोहन बस्नेत

४. मनोरमा शेरचन

५. निलम्बित सांसद टेकबहादुर गुरुङ

एमालेका सांसदहरू:

१. फरार सांसद लक्ष्मी महतो कोइरी

२. राजकुमार गुप्ता

माओवादी केन्द्रका सांसद:

१. वर्षमान पुन

नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद:

१. मेटमणि चौधरी

नेपाल समाजवादी पार्टीका सांसद:

१. महीन्द्र राय यादव

यस्तै यसअघि ज्येष्ठ सदस्यको रूपमा अध्यक्ष भएर सांसदहरूलाई शपथ खुवाएका राप्रपाका सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण नबुझाएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।