राजनीति

प्रचण्ड पतनोन्मुख यात्रामा : एमाले महासचिव पोखरेल



काठमाडौँ, १६ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पतनोन्मुख यात्रामा रहेको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रचण्डको ‘पतनोन्मुख यात्रा’ले उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने उदाहरण बनिरहेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, “उग्रवामपन्थी अतिवादको पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दै छ, प्रचण्डको पतनोन्मुख यात्रा ।,” राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धन बनेपछि एमाले र राप्रपाले सरकार छाडिसकेका छन्