बागलुङ, १७ फागुन । बागलुङमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।
बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो । उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् ।
मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् ।
शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्