समाचार

कोशी प्रदेशमा आज सार्वजनिक बिदा



बिराटनगर, १८ फागुन । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।