राजनीति

आठ दलको अभिमुखीकरण: संविधानको संरक्षक बन्ने पौडेलको प्रतिबद्धता



काठमाडौँ, १८ फागुन । राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलको संविधानको संरक्षक बन्ने र इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज तीनकुनेस्थित रोयल ब्यांक्विटमा जारी सांसदलाई अभिमुखीकरण कार्यक्रममा पौडेलको पक्षमा भोट माग्दै आफ्ना कुराहरु राखिरहेका छन् ।

आठ दलीय गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलको पक्षमा मत मागिरहेका हुन् । राष्ट्रपति निर्वाचनमा आठ दलका उमेदवार बनेका रामचन्द्र पौडेलले आफ्ना प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् ।