काठमाडौँ, १९ फागुन । प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
शुक्रबार बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोरखा आरुघाट गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएका गुरुङ त्यसयता फरार थिए ।
उनलाई प्रहरीले काठमाडौँको सामाखुसीबाट पक्राउ गरेको हो । उनले सिटिजन्स बैंक लिमिटेडको नाममा दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्