समाचार

स्कुल बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु



कैलाली, २० फागुन । कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ खैरानामा शैक्षिक भ्रमणका लागि हिँडेको माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसको ठक्कर दिदाँ ६५ वर्षीय बाटुबट्टे आलेमगरको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट घाइते वृद्धको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक खुशीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।