समाचार

काठमाडौँमा चेकजाँचमा कडाइ



काठमाडौँ, २२ फागुन । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । होली पर्व मनाउन सुरु भएसँगै आज बिहानैदेखि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वका अवसरमा मानिसले उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलगायत गतिविधि हुने भएकाले चेकजाँचमा कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले सतर्कताका साथ होली खेल्न आग्रह गर्दै काठमाडौँका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखानालगायत स्थानमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ ।