काठमाडौँ, २२ फागुन । आसन्न राष्ट्रपति पदको निर्वाचनका विषयमा नेकपा (एमाले)का सांसदहरूलाई प्रशिक्षण दिइएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । राष्ट्रपति निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधि सुरु हुनुभन्दा अघि राष्ट्रपति निर्वाचनका मतदाता संघीय र प्रदेश सांसदलाई अभिमुखीकरण गरिएको हो । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार छन् ।










प्रतिक्रिया दिनुहोस्