राजनीति

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्ने बताइएकोछ । राप्रपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे आज निर्णय लिने बताइएको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट अर्का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।