राजनीति

सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक : सभामुख घिमिरे



काठमाडौँ, २४ फागुन । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

आज सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्बन्धित सरोकारवालाहरूले यस सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक परामर्श र छलफल गरिरहेको उल्लेख गर्दै यस सम्बन्धी ऐनलाई संसद्बाट पास गर्न आफूले निष्पक्ष रुपमा सहयोग गर्ने बताए ।

उनले भने, “ऐन निर्माणका लागि राजनीतिक दल र सरकारसँग आवश्यक परामर्श गर्न आवश्यक छ,” “सहकारीमा वर्तमान अवस्थामा देखिएका समस्या र विगतका अनुभवहरू समेटेर ऐन निर्माण हुनुपर्छ ।”