मकवानपुर, २४ फागुन । मकवानपुरकाे हेटौँडामा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार आज हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर हेटौँडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा ठाेकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भ्येको हाे । दुर्घटना अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटाैँडा–१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की २८ वर्षीया जीना लामा रहेका प्रहरीले जनाएको छ । भोम्जनको हेटौँडामा नै ज्यान गएकाे हाे भने लामाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकलको पछाडि सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा घाइते बाग्मती गाउँपालिका–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगरलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्