काठमाडौँ, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो । अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन् । शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेपछि दुई अध्यक्षबीच भेटघाट भएको हो ।










प्रतिक्रिया दिनुहोस्