Banner News

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक दर्ता गर्ने सरकारको निर्णय



काठमाडौँ, २५ फागुन । नेपाल सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय समेत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।