समाचार

उड्नासाथ आगो देखिएको श्रीको विमान त्रिभुवन विमानस्थलमा अवतरण



काठमाडौँ, २५ फागुन । काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको श्री एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ ।

विमानस्थल प्रहरीका अनुसार इन्जिनमा आगो देखिएपछि उक्त विमानलाई काठमाडौँमा अवतरण गराएको हो । आज बिहान भैरहवातर्फ उडिसकेको जहाजको इन्जिनमा आगो देखिएको थियो । विमानमा आगो लागेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।