काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा जुनसुकै सम्भावना कायम रहने बताएका छन् ।
बिहीबार राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेर बाहिरिएपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । एमाले नेपाली कांग्रेससँग पनि मिल्न सक्ने उनले बताए । उनले भने, “कांग्रेससँग हामी मिल्न सक्छौँ । मिक्दैनौँ भनेर कसम खाएका छैनौँ । राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ ।”
नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ । नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।










प्रतिक्रिया दिनुहोस्