गुल्मी, २५ फागुन । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि गुल्मीमा वामपन्थी विद्यार्थीहरूले गठबन्धन गरेका छन् । सत्ता गठबन्धन विपरीत नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थीहरूले वामपन्थी गठबन्धन गरेका हुन् ।
६ बुँदे सहमति सहित संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अरू बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरूको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने सहमति भएको छ ।’










प्रतिक्रिया दिनुहोस्