राजनीति

चितवन, तनहुँ र बारामा एकसाथ उपनिर्वाचन गर्ने आयोगको तयारी



काठमाडौँ, ५ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी थालेको छ ।

राष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १, उपराष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको बारा क्षेत्र नम्बर २ का लागि सोमबार निर्वाचन कार्यक्रम घोषणा गर्ने आयोगको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण चितवन क्षेत्र नम्बर २ रिक्त बनेपछि आयोगले आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यसूची तय गरिसकेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवको निर्वाचन क्षेत्र बारा २ खाली भएपछि सो स्थानमा पनि एकैदिन उपनिर्वाचन गर्ने तयारी थालिएको हो ।