समाचार

नवजात शिशुको शव फेला



सुर्खेत, ५ चैत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एक नवजात शिशुको शव फेला परेको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका -७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।