Banner News

जातिभेद उन्मुलन तोड्न समाजका सबैले जागरण अभियान चलाउनु पर्छ : अध्यक्ष ओली



​​​​​​​काठमाडौँ, ७ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जातिभेद उन्मुलन तोड्न समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको बताउनुभएको छ ।

आज २१ मार्च, अर्थात् ५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा अध्यक्ष ओलीले शुभकामना सन्देश जरी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले शुभकामना सन्देशमा कानुनी रुपमा अन्त्य भएको मानव सभ्यताको कलंकका रुपमा रहेको जातिभेद, रंगभेद तथा छुवाछतको अमानवीय प्रथालाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान गर्नुभएको छ । रङ्गभेद लगायत विभिन्न अमानवीय प्रथाका विरुद्ध आन्दोलनमा ज्यान गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण समेत गर्नुभएको छ ।

सन् १९६० आजैका दिन दक्षिण अफ्रिकामा जातिभेद एवं रङ्गभेदका विरुद्ध शान्तिपूर्ण यालीमा उत्रिएका दर्जनौ निहत्था नागरिकहरुले मृत्युवरण गरेका थिए । यसै दिनको सन्दर्भ पारेर संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातिभेद उन्मुलन सम्बन्धी महासन्धि पारित गर्यो । यसै दिनदेखि विश्वव्यापी रूपमा जाति तथा रङ्गभेद उन्मुलन दिवस मनाउने प्रचलन शुरु भयो ।