काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकको मुख थुनेर देश र जनताको पक्षका आवाज नरोकिने चेतावनी दिनुभएकोछ ।
हिजो बैंकको व्याजदर घटाउन, देशभित्र रोजगारी सिर्जना गर भन्दै माग राख्ने केही युवालाई प्रहरीले मुख थुनेर बोल्न नदिएको तस्विर सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले जनताको मुख थुनेर त के बन्दुकले पनि आवाजहरु थुन्न नसक्ने चेतावनी दिनुभएको छ । गृहमन्त्री समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डकै उपस्थितीमा नयाँ बानेश्वरमा तीन जना युवालाई प्रहरीले मुख थुनेर अमानविय व्यवहार देखाएको थियो । उक्त कुरा सामाजिक सञ्जालमा कडा रुपमा आलोचना भइरहेको छ ।
अध्यक्ष लिङ्देनले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएकोछ, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने क. प्रचण्ड / Comrade Prachanda हेर्नुहोस त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्री ज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको बातावरण बनाउनुहोस …..जो सम्भव छ । अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन….जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।’
प्रतिक्रिया दिनुहोस्