काठमाडौँ, १३ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादी द्वन्द्वकालमा हत्या गरिएका व्यक्तिहरूका परिवारले न्याय पाउनुपर्ने बताएका छन् ।
आज बिहान ट्विट गर्दै उनले ‘हत्या’लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको छ । उनीहरूका परिवारले न्याय पाउनुपर्छ । ‘हत्या’लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन,” “हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन् । संसद्ले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।”
प्रतिक्रिया दिनुहोस्