Banner News

गृह मन्त्रालयद्वारा चार डीआईजीलाई एआईजीमा बढुवा सिफारिस



काठमाडौँ, १३ चैत । गृह मन्त्रालयले चारजना डीआईजीलाई एआईजी नियुक्तिका लागि सिफारिस गरेको छ ।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या चारमा बढुवा गर्न मिति २०७९ चैत १३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार चार जनालाई बढुवा सिफारिस गरिएको छ ।

जसमध्ये डीआईजीहरु सन्दीप भण्डारी, सुदिप भण्डारी, मिरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।