समाचार

अपसेट प्रेसमा आगलागी



धनकुटा, १४ चैत । धनकुटा नगरपालिका–७, हुलाकटोलमा रहेकाे जनविश्वास अपसेट प्रेसमा आगलागी हुँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

आज बिहान धनकुटा नगरपालिका–७ मा रहेकाे राधा लिम्बूको घर भाडामा लिएर दाजुबहिनी सञ्जयसन्तोषी राई र विमलसन्तोषी राईले प्रेस सञ्चालन गर्दै आएकाे प्रेसमा आगलागी भएकाे हाे । आगलागीबाट प्रेसको मेसिनसहित अन्य सामानहरु जलेर पूर्णरुपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजेतिर आगाे निभाएका थिए ।